धनगढी – कैलालीका १३ वटा स्थानीय तहमध्ये चारवटामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले अग्रता कायम गरेका छन्।


ADVERTISEMENT


मंगलबार बिहानसम्मको मतगणनाको परिणाम अनुसार २ नगरपालिका र २ गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टिका उम्मेदवारले अग्रता लिइरहेका छन्।


ADVERTISEMENT

# # #


टीकापुर नगरपालिका, भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति अग्रस्थानमा रहेको हो। अहिलेसम्म एउटा पालिकाको मात्रै अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।

बाँकी १२ पालिकामा भने मतगणना जारी छ। भर्खरै सार्वजनिक भएको मत परिणाम अनुसार चुरे गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

एकमात्र उपमहानगरपालिका धनगढीमा भने धनगढी उम्मेदवार गोपाल हमालको अग्रता छ। उनी गठबन्धनका उम्मेदवार नृपबहादुर वडभन्दा ३ हजार भन्दा बढी मतले अगाडि रहेका छन्।

यसैगरी, गोदावरी नगरपालिका, लम्कीचुहा नगरपालिका र कैलारी गाउँपालिकामा कांग्रेस अग्रस्थानमा छ। गौरीगंगा नगरपालिकामा माओवादी र घोडाघोडी नगरपालिकामा नेकपा एकीकृत समाजदवादी अग्रस्थानमा रहेका छन्।

यी सबै तहमा तीन दलको गठबन्धन रहेको छ। बर्दगोरिया गाउँपालिकामा भने एमालेको अग्रता रहेको छ।