विराटनगर– प्रदेश नं १ को धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।


ADVERTISEMENT


प्रदेश निर्वाचन कार्यालयका अनुसार पछिल्लो मत परिणामअनुसार धरान उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका किशोर राई तीन हजार चार मतसहित अग्रस्थानमा छन् भने उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार हर्कराज राईले २ हजार १२० मत र नेकपा एमालेमा मन्जु भण्डारी सुवेदीले दुई हजार १५ मत प्राप्त गरेकी छन् ।


ADVERTISEMENT

# # #


उपप्रमुखमा नेकपा माओवादी केन्द्रका आइन्द्रविक्रम वेघा तीन हजार ३१९ र नेकपा एमालेका पदमप्रसाद लिम्बूले दुई हजार ४६९ मत प्राप्त गरेका छन् ।

धरानका पाँच वडाको मत परिणाम सार्वजनिक

धरान उपमहानगरपालिकाको वडा नं १ मा वडाध्यक्ष पदमा नेपाली कांग्रेसका यज्ञमणि आचार्यले ७५५ मत प्राप्त गरी विजयी भएका छन्, भने उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका रोशन अधिकारीले ७०३ मत प्राप्त गरे ।

वडा नं २ दुईमा वडाध्यक्षमा नेकपा एमालेका रमेश राईले ७४८ मत प्राप्त गरी विजयी भएका छन्, भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुधीरसिंह लिम्बूले ६२७ मत प्राप्त गरेका छन् । वडा नं ३ मा वडाध्यक्ष पदमा नेपाली कांग्रेसका विद्या शाक्यले एक हजार ८० मत प्राप्त गरी विजयी भएका छन्, भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुयोग पाख्रिनले ६२५ मत प्राप्त गरेका थिए ।

वडा नं ४ को वडाध्यक्षमा नेकपा एमालेका धनबहादुर राईले ८२६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका चन्द्रबहादुर राईले ६१२ मत प्राप्त गरे ।

यस्तै वडा नं ७ मा वडाध्यक्षमा नेकपा एमालेका जीवनराज सुवेदीले ६७९ मत प्राप्त गरी विजयी भएका छन्, भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुवर्णमोहन पालिखे ५७२ मत प्राप्त गरेका थिए ।

यसैगरी इटहरी उपमहानगपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका हेमकर्ण पौडेलले चार हजार १११ मत प्राप्त गरी अग्रस्थानमा छन्, भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका यामकुमार चुङ्गुवाङ सुब्बाले दुई हजार ५१२ मत प्राप्त गरी पछ्याइ रहेका छन् ।

यस्तै, उपप्रमुख पदमा नेकपा एमालेका सङ्गीताकुमार चौधरीले दुई हजार ८९० र नेकपा (एकीकृत समाजवादी) का केशवकुमार विष्टले दुई हजार ५८० मत प्राप्त गरी प्रतिस्पर्धा गरिरहेका छन् ।

इटहरी उपमहानगपालिकाको वडा नं १ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका रतन कार्कीले एक हजार ७४७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार राईले ९३५ मत प्राप्त गरेका थिए ।

वडा नं २० मा वडाध्यक्ष पदमा नेपाली कांग्रेसका मणिराम श्रेष्ठले दुई हजार ४०६ मत प्राप्त गरी विजयी भएका छन्, भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजनकुमार राईले एक हजार ५५८ मत प्राप्त गरेका थिए । रासस