काठमाडौँ– काठमाडौं महानगरपालिका स्वतन्त्र मेयर उम्मेदवार बालेन्द्र(बालेन) शाह फराकिलो मतान्तरसहित अन्य उम्मेदवारभन्दा अघि बढिरहेका छन् । हालसम्म उनी १६ हजार ५३७ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार केशव स्थापित र कांग्रेसका उम्मेदवार सिर्जना सिंहलाई पछि पारेका हुन् ।


ADVERTISEMENT


शाहलाई पछ्याउँदै एमालेका उम्मेदवार स्थापित ८ हजार ५४८ मत मतका स्थान दोस्रो स्थानमा रहेका छन् । निर्वाचन आयोग नेपालका अनुसार काठमाडौं महानगरपालिकामा तीन लाख २४२ मतदाता रहेका छन् ।


ADVERTISEMENT

# # #