काभ्रे – काभ्रेको बनेपा नगरपालिकाको मेयरमा कांग्रेसका शान्तिरत्न शाक्य विजयी भएका छन् । उनले १३ हजार ७९३ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका रत्नकुश रंजितकारले ११ हजार ८३५ मत पाएका छन्।


ADVERTISEMENT


उपमेयरमा भने एमाले विजयी भएको छ। एमालेका विमला सापकोटा दाहालले ११ हजार ९९२ मत ल्याएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी रगुबर चौ प्रधानले १० हजार ५१५ मत ल्याए।


ADVERTISEMENT

# # #


बनेपामा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसले प्रमुख र नेकपा एकीकृत समाजवादी (एस) ले उपप्रमुखमा उम्मेदवारी दिएका थिए।

यसअघिको निर्वाचनमा बनेपा नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै एमालेले जितेको थियो।