काभ्रे – काभ्रेको नमोबुद्ध नगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनतर्फका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा नेपाली कांग्रेसका कुन्साङ लामा र उपप्रमुखमा माओवादी केन्द्रका रत्नबहादुर लामा विजयी भएका हुन् ।
प्रमुखमा विजयी लामाले निकटम प्रतिस्पर्धी एमालेका राजन भुर्तेललाई ५ हजार ३८९ मतान्तरले पराजित गरे । लामाले ११ हजार २११ र भुर्तेलले ५ हजार ८२२ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा निकटतम प्रतिस्पर्धीलाई १ हजार ६४४ मतले पछि पार्दै गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार रत्नबहादुर लामा विजयी भए। लामाले ८ हजार १८७ र एमालेकी सम्झना लामाले ६ हजार ५४३ मत प्राप्त गरिन् ।
कांग्रेसले वडा नं २, ३, ५, ६ र ९ गरि ५ वडा, एमालेले वडा नं ४, ८ र ११, माओवादी केन्द्रले वडा नं ७ र १० र वडा नं १ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।