काठमाडौं– नेपाली काँग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले आज अन्तिम चुनावी सभा गर्ने भएका छन् ।


ADVERTISEMENT


प्रतिनित्रि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार थापाले आइतबार दिउँसो २ बजे कपनको ह्याण्डबल मैदानमा चुनावी सभा गर्न लागेका हुन् ।


ADVERTISEMENT

# # #


यस अघि पनि क्षेत्र नं ४ बाटै संसद भइसकेका थापाको सभामा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणालेसमेत विशेष सम्वोधन गर्नेछन् ।

राणाले कांग्रेससंग गठबन्धन गरेपछि अहिले एकआपसमा निकै सौहार्द बढेको छ । एकले अर्काको चुनावी सभामा सघाउँदै आएका छन् । सभामा पशुपतिले सम्बोधन गरेसंगै कलाकारहरुले काठमाडौंको चिसो मौसमलाई तताउने कार्यक्रम रहेको छ । व्यस्त समय निकालेर धेरै भन्दा धेरै कलाकारलाई उपस्थित गराइने थापा निकट स्रोतले बताएको छ ।

सभामा नायिका रेखा थापाले समेत माहोल तताउने जनाइएको छ ।