चितवन – भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी रेनु दाहालले विगतका अधुरा काम पूरा गर्ने बताएकी छन् । मेयरमा निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भरतपुरलाई नमूना शहर बनाउने संकल्प पाँच वर्षमा पूरा गर्ने उनले बताइन् ।
आफूले पहिलो कार्यकालमा गरेका कामको मतदाताले अनुमोदन गरेको भन्दै उनले भनिन्, ‘यसपटक मैंले सोचेको भन्दा राम्रो मत पाएकी छु । योगदानमा कमी आउन दिने छैन, निराश हुन दिने छैन ।’ शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, फोहोर तथा ढल व्यवस्थापनमा जोड दिने उनले बताइन् ।
हामी अब मतदाताले दिएको जिम्मेवारी पूरा गर्न लाग्ने छौं ।’ उनले पाँच दलीय गठबन्धन लामो समयसम्म टिक्ने पनि बताइन् । मंगलबार बिहान सम्पन्न मतगणना अनुसार एमालेका विजय सुवेदीलाई झण्डै साढे १२ हजार मतान्तरले पराजित गर्दै माओवादी उम्मेदवार दाहाल भरतपुरको मेयर निर्वाचित भएकी हुन् ।