काठमाडौँ – चाबाहिलको सेन्ट लरेन्स कलेजका एक शिक्षकले आफ्नै विद्यार्थीमाथि जबरजस्ती करणीको प्रयास गरेको भन्दै त्यहाँका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् ।


ADVERTISEMENT


कलेजका संयोजकसमेत रहेका  सामाजिक विषय पढाउने शिक्षक जनार्दन अधिकारीले सोही कलेजमा अध्ययनरत एक छात्रालाई शिक्षकले करणी प्रयास गरेको भन्दै विद्यार्थीहरुले मंगलबार सोको विरुद्व विरोध गरेका हुन् ।


ADVERTISEMENT

# # #


बिहान कलेज परिसरमा प्रदर्शनपछि उनीहरू महानगरीय प्रहरी वृत्त गौशालाअगाडि नाराबाजीसहित प्रदर्शनमा उत्रिएका छन् ।

पछिल्लो समय यौनजन्य हिंसा एवम् शोषणका घटनाहरु सार्वजनिक भइरहँदा शैक्षिक संस्थाका अभिभावकबाटै एउटी छात्रामाथि करणीको प्रयास भएको भन्दै विद्यार्थीहरु आक्रोशित भएका छन् । आरोपित शिक्षकले यसअघि पनि११ र १२ कक्षामा पढ्ने अन्य छात्रालाई समेत यौन दूर्व्यवहार गरेको उनीहरु बताउँछन् ।

पटक–पटक कलेज व्यवस्थापनलाई यसबारेमा जानकारी गराउँदा पनिउचित सुनुवाई नभएकाले विरोध प्रदर्शनीमा उत्रिएको उनीहरुको भनाई छ ।  यसकारण पनि उक्त शिक्षकलाई तत्काल नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवम् कारवही थालिनुपरिने उनीहरुको माग छ ।

केही दिन अघि मात्रै एक युवतीले ७ वर्षअघि विद्यालयका प्रध्यानाध्यापकले आफुलाई २ वर्षसम्म बलात्कार गरेको भन्दै न्यायको माग गरेकी थिइन् । त्यसबेला आफुले उक्त शिक्षकविरुद्व केश दर्ता गरेपनि प्रहरीहरुले उचित अनुसन्धान नगरेको उनको आरोप छ ।