काठमाडौं – देशका ६ महानगरमध्ये अब २ महानगरको मतपरिणाम आउन बाँकी रहेको छ ।
हालसम्म भरतपुर महानगरपालिका, विराटनगर महानगरपालिका, वीरगञ्ज महानगरपालिका, पोखरा महानगरपालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ ।
त्यसैगरी अब काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाको मतपरिणाम आउन बाँकी रहेको छ ।
हालसम्म विराटनगर महानगरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् । त्यसैगरी वीरगञ्ज महानगरपालिका गठबन्धनबाट जसपाका उम्मेदवारले जित हासिल गरेका छन् । त्यस्तै भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल र पोखरा महानगरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवारले जित हासिल गरेका छन् ।
अब बाँकी रहेकामध्ये काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम गरेका छन् । त्यसैगरी ललितपुर महानगरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता कायम गरिरहेका छन् ।