काठमाडौँ– आफ्नै कलेजका छात्रालाई यौन दूर्व्यवहार गरेको भनिएका सेन्ट लरेन्स कलेजका आरोपित शिक्षक पक्राउ परेका छन् । ३ जना विद्यार्थीले दिएको किटानी जाहेरीका आधारमा कलेजका संयोजकसमेत रहेका सामाजिक शिक्षक जनार्दन अधिकारीलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जानकारी दिएको हो ।


ADVERTISEMENT


घटनाको अनुसन्धानका लागि म्याद थपका लागि अधिकारीलाई अदालतसामु उपस्थित गराउने तयारी भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


सम्बन्धित समाचार : शिक्षकद्वारा छात्रामाथि करणीको प्रयास भएको भन्दै विद्यार्थीद्वारा आन्दोलन

कलेजका शिक्षकले एक छात्रामाथि करणीको प्रयास गरेको भन्दै विद्यार्थीहरु मंगलबार बिहानैदेखि आन्दोलित थिए । बिहान कलेज परिसरमा प्रदर्शनपछि उनीहरू महानगरीय प्रहरी वृत्त गौशालाअगाडि नाराबाजीसहित प्रदर्शनमा उत्रिएका थिए । आरोपित शिक्षकले यसअघि पनि ११ र १२ कक्षामा पढ्ने अन्य छात्रालाई समेत यौन दूर्व्यवहार गरेको उनीहरुको आरोप छ ।

पटक–पटक कलेज व्यवस्थापनलाई यसबारेमा जानकारी गराउँदा पनिउचित सुनुवाई नभएकाले विरोध प्रदर्शनीमा उत्रिएको उनीहरुको भनाई छ । तसर्थ शिक्षकलाई तत्काल नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवम् कारवही थालिनुपरिने उनीहरुको माग छ ।