काठमाडौँ– नेपाली सिने उद्योगका परिचित अभिनेता सौगात मल्ल र सलोन बस्नेत अभिनीत चलचित्र ‘घनचक्कर’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेका हुन् ।
जितेन्द्र राजोपाध्याय निर्देशित फिल्मको ट्रेलरमा प्रेम र पैसा मोहप्रति युवाहरुबीचको ‘घनचक्कर’ लाई हास्यापद रुपमा प्रस्तुत गरिएको छ ।
फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन दिने दाबी गरेका छन् । २ मिनेट २८ सेकेन्डको उक्त ट्रेलरमा अभिनेता मल्ल एवम् सलोन बस्नेतसंगै जेबी डिसी, सरोज खनाल, आशान्त शर्मा, ममता प्रधान, शिशिर भण्डारी लगायत समेटिएका छन् ।
करुणा अर्याल र संगम भट्टले निर्माण गरेको सो फिल्ममा छायांकन भने सुसन प्रजापतिको रहेको छ । मित्र डि गुरुङको सम्पादन रहेको सो चलचित्र असार १० गतेदेखि प्रदर्शन हुदैँछ ।