पोखरा– पोखरा महानगरपालिका–१३ मा ढाँडबेसीस्थित श्री आर्वा विजय माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन सम्पन्न भएको छ । भारतीय अनुदानमा निर्मित सो विद्यालय मंगलबार नेपालका लागि राजदूत नामग्य सी खम्पाद्वारा उद्घाटन गरिएको हो ।
कुल ३ करोड ६३ लाख रुपैयाँको लागतमा बनेको सो विद्यालय भारतको ७५ औँ आजादी महोत्सवको परियोजना अन्तर्गतमध्ये एक रहेको दूतावासले जनाएको छ । उक्त परियोजनाअन्तर्गत भारतले नेपालका लागि ७५ वटा कार्यक्रमहरु अघि सारेको छ ।