काठमाडौँ – मुस्ताङका प्रहरी प्रमुख डीएसपी रामकुमार दानीले तारा एयरको हराइरहेको जहाजको खोजी कार्य जारी रहेको बताएका छन् । हिमालय पोष्टसँगको कुराकानीमा डीएसपी दानीले जहाज हराएको लोकेसन पत्ता नलागेको तर सम्भावित लोकेसनतर्फ जाने प्रयास भइरहेको बताएका हुन् ।


ADVERTISEMENT


उनले नेपाल प्रहरी र नेपाली सेनाको टोली मुस्ताङको मानापाथी हिमालको फेदतर्फ जाँदै गरेको बताए । हिमालय पोष्टसँग उनले भने, ‘लोकेसन पत्ता लागेको छैन । सम्भावित क्षेत्रतिर नेपाल प्रहरी, सेनाको टोली परिचालन भएको छ । हाम्रो टोली मानापाथी हिमाल र धौलागिरी हिमालको फेदतिर सम्भावित क्षेत्र खोजी गर्दै कोवाङबाट माथि जाँदैछ ।’


ADVERTISEMENT

# # #


साथै उनले जहाजको खोजीका लागि हेलिकोप्टेरबाट पनि प्रयास भए पनि मौसमको कारणले गर्दा सम्भावित क्षेत्रमा जान नसकिएको जानकारी दिए । पोखराबाट मुस्ताङको जोमसोम जाँदै गरेको तारा एयरको ९एन एईटी कल साइनको जहाज आज बिहान १०ः०७ बजे घोडेपानी भन्ने स्थानबाट सम्पर्कविहीन भइरहेको छ ।