काठमाडौँ – समयमा नै पाठ्यपुस्तक उपलव्ध नभएको गुनासो आएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आकस्मिक अनुगमन गरेका छन् ।


ADVERTISEMENT


आइतबार भक्तपुरको सानोथिमिस्थीत जनक शिक्षाको आकस्मीक अनुगमन गर्दै पुस्तक छपाईको बारेमा जानकारी लिएका हुन् । जनक शिक्षाले यसअघि समयमा नै पाठ्यपुस्तक पुर्याउने भने पनि सोचेजस्तो काम नभएको पाइएपछि शिक्षामन्त्री पौडेलले अनुगमन गरेका हुन् ।


ADVERTISEMENT

# # #


अनुगमनका क्रममा मन्त्री पौडेलले पाठ्यपुस्तक छपाई दुई हप्ता ढिलो भएको जानकारी पाएको बताए । उनले १० दिनसम्ममा पुस्तक छापिने जनक शिक्षाले जानकारी गराएको बताए । अहिले २० लाख पुस्तक पुग्न बाँकी रहेकाले छिटै ढूवानी हुने उनले बताए ।

मन्त्री पौडेलले कागजहरु आएर पुस्तक छाप्ने काम तीव्र रुपमा भइरहेको सूचना पाएको जानकारी दिए । उनले सबै विद्यार्थीको हातहातमा पुस्तक नपुगेसम्म निरन्तर अनुगमन गर्ने बताए ।