काठमाडौं – गरिमा क्यापिटल लिमिटेडले डिम्याट र मेरो शेयर खाता नविकरणमा विभिन्न विकल्पहरुका साथ विशेष आकर्षक योजनाहरु सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


गरिमा क्यापिटलमा डिम्याट र मेरो शेयर खाता खोलेका ग्राहकहरुले २०७९ आषाढ मसान्त भित्र बक्यौता रकम भुक्तानी गरी उक्त खाता नविकरण गर्नुपर्ने हुन्छ । तर हाल क्यापिटलले १० वर्षे डिम्याट र मेरो शेयर खाता नविकरण योजनाल्याएको छ जसअन्तर्गत हितग्राही ग्राहकहरुले ९९९ रुपैँया भुक्तान गरी १० वर्षकोलागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्न सकिनेछ । ग्राहकहरुले https://tinyurl.com/24rbw3tb लिंक मार्फत नविकरण गर्न सकिनेछ ।


ADVERTISEMENT

# # #


यस्तै पाँच वर्षे डिम्याट र मेरोशेयर खाता नविकरण योजना पनि क्यापिटलले सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले ४९९ रूपैयाँमा पाँच वर्षकोलागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्न सक्नेछन् । पाँच वर्षे डिम्याट र मेरोशेयर खाता नविकरण गर्न https://tinyurl.com/24rbw3tb  लिंकमा जानुपर्ने हुन्छ ।

यसैगरी, क्यापिटलद्वारा आजीवन डिम्याट र मेरोशेयर खाता नविकरण योजना ल्याइएको छ । सो योजनामा हितग्राही ग्राहकहरुले एक हजार ९९९ रूपैयाँ भुक्तान गरी आजीवन हितग्राही खाता र मेरो शेयर खाता नविकरण गर्न सक्नेछन् । नविकरणका लागि https://tinyurl.com/24rbw3tb मा क्लिक गर्नुपर्नेछ ।

योजना सार्वजनिक गर्ने क्रममा क्यापिटलले नियमित एक वर्षे डिम्याट र मेरो शेयर खाता नविकरण योजनामा १५० रूपैयाँ तिरेर एक वर्षकोलागि हितग्राही र मेरो शेयर खाता नविकरण गर्न सकिने जनाएको छ । हितग्राही र मेरोशेयर खाता नविकरणमा ग्राहकहरुको सहजताकालागि https://tinyurl.com/24rbw3tb लिंकको व्यवस्था गरिएको छ ।