काठमाडौँ –


ADVERTISEMENT


मुलुकको शासकीय प्रणाली परिवर्तन र प्रदेश खारेजी लगाएतका माग राख्दै राप्रपाले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ ।


ADVERTISEMENT

# # #


बुधबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको टोलीले बालुवाटारमा विभिन्न २२ बुँदे माग राख्दै प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएको हो । राप्रपा अध्यक्ष लिङ्देनले आफुहरुको अल्पकालीन दिर्घकालीन माग समेटिएको पत्र प्रधानमन्त्रीलाई बुझाइएको बताए ।

उनले राजसंस्था, हिन्दुराष्ट्र, शासकीय प्रणाली परिवर्तन, तीन तहको सरकार मध्ये प्रदेश खारेज गरेर दुई तहको सरकार मात्र राख्नुपर्ने लगाएतका माग पेश गरिएको जानकारी दिए ।

किसानलाई तत्काल मल, बीउ उपलव्ध गराउन, महँगी तथा कालोबजारी नियन्त्रण गर्न, सम्पती छानविन गर्न पनि माग गरेको उनले बताए ।

यसअघि बुधबार नै राप्रपाले ७७ जिल्ला प्रशासन कार्यालयबाट पनि प्रमुख जिल्ला अधिकारीहरूमार्फत पनि प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएको छ ।