बुटवल – सूर्या लाइफ इन्स्योरेन्सले लुम्बिनी प्रदेशमा “एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्पे्ररणा मुलक कार्यक्रम” गरेको छ । करिब २ सय भन्दा बढी आभिकर्ताहरु सहभागी कार्यक्रम बिहीबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा बुटवल, बर्दघाट, सुनवल, परासी, मुर्गिया, मणिग्राम, भैरहवा र मर्चबारबाट उपस्थित अभिकर्ताहरुलाई कम्पनीका प्रदेश प्रमुख किरण गौतम, वरिष्ठ अभिकर्ता कमल घिमिरे, माधव शर्मा र विष्णु पंगेनीहरुले आफ्ना सफलताका शूत्रहरु बताएका थिए ।
यस्तै सूर्या लाइफको “मेरो पहिलो पोलिसी” अभियान अन्तर्गत आफ्नो पहिलो पोलिस हासिल गर्न सफल नयाँ अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतले सम्मान गरे । साथै उपस्थित अभिकर्ताहरुलाई उत्प्रेरणामुलक सन्देश तथा उपलब्धिमुलक प्रशिक्षण दिएका थिए । सो क्रममा उनले बीमितहरुको सेवालाई प्रथमिकतामा राखेर अघि बढेमा कम्पनीको व्यवसाय वृद्धि हुने बताए ।
उनले अभिकर्ताहरु नै कम्पनीको मेरुदण्ड भएको र उनीहरु मार्फत नै आम जनतामा कम्पनीको सेवा तथा सुविधा पुर्याउन सहज भएको उल्लेख गरे । समयको सही सदुपयोग, मेहनत र लगनशीलताका साथ अघि बढेमा सफलता सुनिश्चित रहेको जानकारी पनि उनले गराए ।
उक्त कार्यक्रमबाट अभिकर्ताहरुले नयाँ जोस, जाँगर र थप हौसला प्राप्त गरेको कुरा व्यक्त गरे ।