काठमाडौँ – सत्तारुढ गठबन्धनले नागरिकता विधेयकलाई अघि बढाउने निर्णय गरेको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुटारमा बुधबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विचाराधीन नागरिकता विधेयक अघि बढाउने प्रस्ताव गरेको र यसलाई अघि बढाउने निर्णय भएको कांग्रेस नेता एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । उनले केही प्रक्रियाहरु पुरा गरेर उक्त विधेयक चाँडै सदनमा पेश गर्ने बताए ।


ADVERTISEMENT

# # #


बैठकले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने निर्णय गरेको उनले जानकारी दिए । बैठकमा महंगीका बारेमा पनि छलफल भएको र यसलाई नियन्त्रण गर्न थप छलफल गर्ने कार्कीले बताए ।

बैठकमा मन्त्रिपरिषद हेरफेरका बारेमा भने कुनै छलफल नभएको कार्कीले बताए ।