काठमाडौँ – नेकपा माओवली केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।


ADVERTISEMENT


आइतबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा सुरु भएको आठौँ केन्द्रीय समितिको तेस्रो पूर्णबैठको प्रचण्डले १० पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका हुन् । प्रचण्डले पेश गरेको प्रतिवेदनमा स्थानीय निर्वाचनमा पार्टीले ल्याएको नतिजा, पाँच दलीय गठनन्धनको समीक्षा, शिक्षा र आगामी निर्वाचनका लागि गठबन्धनको रणनीति लगायतका विविध विषयमा उल्लेख गरिएको छ ।


ADVERTISEMENT

# # #


स्थानीय निर्वाचनबारे प्रचण्डको तथ्याङ्क

प्रचण्डले स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा यथावत रहेको, काँग्रेस दोस्रोबाट पहिलो पार्टी बनेको र नेकपा एमाले पहिलोबाट दोस्रो स्थानमा झरेको तथ्याङ्क पेश गरेका छन् ।

उनका अनुसार कूल ७५३ मध्ये २०७४ सालको निर्वाचनमा १०६ स्थानीय तहमा प्रमुख/अध्यक्ष जितेको माओवादी केन्द्रले यस पटकको निर्वाचनमा १६ सिट बढाउँदै १२१+१ पुर्याएको छ । जुन कूल संख्याको १६.२ प्रतिशत हो ।

यस्तै ७५३ मध्ये १२८ स्थानीय तहमा माओवादी केन्द्रले उपप्रमुख/उपाध्यक्ष जितेको छ । १७ प्रतिशत हो । यस्तै माओवादी केन्द्रले १०५३ वडामा वडाध्यक्ष जितेको प्रतिवेदनमा उल्लेख छ । प्रचण्डले गठन भएको छोटो समयमै नेकपा एकीकृत समाजवादी पार्टीले उल्लेख्य सफलता हात पारेको बताएका छन् ।

गठबन्धनप्रति काँग्रेस इमान्दार भएन, एकीकृत समाजवादीले हैसियतभन्दा बढी माग्यो  

प्रचण्डले स्थानीय निर्वाचनका लागि सत्तारुढ पाँच दलीय गठबन्धनको नेतृत्व तहमा भएकोजस्तो समझदारी र आवश्यकता महसुस स्थानीय तहमा हुन नसकेको उल्लेख गरेका छन् ।

उनले निर्वाचनमा काँग्रेसको पूरै पंक्ति गठबन्धनप्रति इमान्दार र गम्भीर नरहेको निष्कर्ष निकालेका छन् । जसले गर्दा माओवादी बलियो रहेको क्षेत्रमा काँग्रेसले एमाले र अन्य दलसँग तालमेल गरेर आफूहरुलाई पराजित पार्ने काम भएको प्रचण्डको भनाई छ ।

उनले भनेका छन्, ‘काँग्रेसले आफू बलियो भएको ठाउँमा अन्य दलको गठबन्धन गर्न नदिने, हामी र गठबन्धनका दलहरु बलियो भएको ठाउँमा एमाले वा अन्य दलसँग तालमेल गर्ने, आफू कमजोर भएको ठाउँमा पाँच दलीय गठबन्धन गर्ने र कतिपय ठाउँमा काँग्रेस नेताहरुबाटै बागी उम्मेदवार खडा गर्नेजस्ता अघोषित नीति अपनाएको देखिन्छ ।

यस्तै प्रचण्डले काँग्रेसले गठबन्धनका उम्मेदवारलाई मत नदिने वा आफ्ना उम्मेदवारलाई सुरक्षित गर्ने गरी मतदाता शिक्षा दिँदा अत्याधिक मत बदर भएको उल्लेख गरेका छन् । यस्तै प्रचण्डले पाँच दलीय गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना वास्तविक स्थिति भन्दा बढी सिट दाबी गर्दा सिटबाँडफाँटमा समस्या पैदा भएको बताएका छन् । आफू कमजोर रहेको ठाउँमा समेत एकीकृत समाजवादीले सिट दाबी गर्दा केही ठाउँमा गठबन्धन पराजित भएको दाबी गरेका छन् ।

यस्तै प्रचण्डले आफू बलियो रहेको तराई–मधेश क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) गठबन्धनप्रति अनिच्छिुक रहेको बताएका छन् । विभिन्न कारणकाबीच पनि विगतको तुलनामा निर्वाचन परिणाम सन्तोषजनक रहेको उनको भनाई छ ।

आसन्न निर्वाचनको तयारी अहिल्यैदेखि

प्रचण्डले आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको तयारीमा अहिल्यैदेखि लाग्नुपर्ने बताएका छन् । निर्वाचनको तयारी, संयुक्त मोर्चाको निर्माण र चुनावी गठबन्धन लगायतका विषयमा अभियानकै रुपमा प्रशिक्षण सञ्चालन गर्नुपर्ने उनको भनाई छ ।

उनले माओवादी केन्द्र पुनः शक्तिशाली बन्ने स्पष्ट संकेत देखिएको समेत दाबी गरेका छन् । उनले पार्टीका आयोगहरुलाई पूर्णता दिएर कामकाजी बनाउने, विभागहरुको पुनर्गठन गर्ने, आगामी च्नावको प्रतिवद्धतापत्रका लागि सुझाव संकलन र तयारी गर्ने, माओवादी धाराका नेता कार्यकर्ता र समर्थकहरुलाई ठोस योजना बनाई मूल घरमा फिर्ता ल्याउने, जनवर्गीय संगठनको सम्मेलन गर्ने लगायतका योजना अघि सारेका छन् ।