काठमाडौं – नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले राम्रो काम गरे जनप्रतिनिधिलाई जनताले माया गर्ने बताएका छन् ।
सोमबार बिहान ललितपुर उपमहानगरपालिका–१५ सातदोबाटोस्थित इन्द्र क्लासिक शान्तिमार्गमा भएको वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता समेत रहेका बानियाँले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘राम्रो काम गर्ने जनप्रतिनिधिलाई जनताले पटकपटक विजयी गराउँछन् र नराम्रो काम गर्नेलाई पराजित गराउँछन् ।’
बानियाँले असल जनप्रतिनिधिलाई जनताले सधैं माया गर्नेसमेत बताए ।