• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




जुडो च्याम्पियनसिपमा भाग लिने नेपाली टोलीको बिदाइ

Jul 15, 2022 |

जुडो च्याम्पियनसिपमा भाग लिने नेपाली टोलीको बिदाइ

674
SHARES
ShareTweet

काठमाडौँ– थाइल्यान्डको बैंककमा आउँदो साउन १ देखि ७ गतेसम्म हुने एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ ।


ADVERTISEMENT


राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ र तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक हिमालराज दाहालले चार खेलाडीसहित आठ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे ।


ADVERTISEMENT

# # #


सदस्य–सचिव घिसिङले राष्ट्रलाई सम्झेर उच्च मनोबलका साथ खेल प्रदर्शन गर्न खेलाडीलाई आग्रह गरे । क्याडेटमा दुई र जुनियरमा दुई गरी चार खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । क्याडेट÷जुनियरमा १–१ पुरुष/महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

जुनियरको पुरुष ६० किलोमुनि उत्तम प्रधान श्रेष्ठ र महिला ५२ किलोमुनि देवकीमाया श्रेष्ठ सहभागी हुने छन् । क्याडेटको पुरुष ५५ किलोमुनि ताराबहादुर भुजेल र महिला ४८ किलोमुनि निशा श्रेष्ठले खेल्ने छन् । घरेलु प्रतियोगितामा चारै खेलाडीले बन्दी सहायता नियोग ९पाम० को प्रतिनिधित्व गर्छन् । देवकी र निशा सहोदर दिदीबहिनी हुन् ।

टोली प्रमुखमा नेपाल जुडो सङ्घका अध्यक्षसमेत रहनुभएका जुडो युनियन अफ एसिया (जेयुए) का एजुकेसन एन्ड कोचिङ कमिसनका सदस्य दीपकहर्ष बज्राचार्य रहेका छन् । टिम व्यवस्थापकमा दावा ग्याल्जेन शेर्पा तथा प्रशिक्षकमा दीपक श्रेष्ठ छन् ।

जुडो सङ्घका खेलकुद निर्देशक सुप्रसिद्द ताम्राकार पनि टोलीसँग बैंकक जानुहुनेछ । साउन १ देखि ७ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुन नेपाली टोली आजै थाइल्यान्ड प्रस्थान गर्दैछ । रासस

#




#
#

#







#




#

#


Share:

Rate:

Previousउपसभामुख प्रतिपक्षको हक हो, राप्रपाले सत्तापक्षलाई समर्थन गर्दैन : राजेन्द्र लिङ्देन
Nextचालु आवको अन्तिम शेयर कारोबार : नेप्से परिसूचक उकालो यात्रामा

ताजा खबर

  • काठमाडौँमा थप १०० स्मार्ट विद्युतीय बस चलाउन छलफल
  • राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
  • राष्ट्रिय सडक सञ्जालमा जोडियो सिमकोट, कर्णाली करिडोरलाई व्यापारिक मार्गका रुपमा अघि बढाइने
  • काँगेस केन्द्रीय कार्यसमिति बैठक : महाधिवेशनका लागि क्यालेन्डर बनाउनुपर्नेमा जोड
  • आगामी नोभेम्बरमा दक्षिण कोरियामा नेपाल-कोरिया सांस्कृतिक तथा पर्यटन प्रदर्शनी

#
#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved