काठमाडौँ – राष्ट्रिय जनता पार्टीका अध्यक्ष राजेन्द्र लिङ्दनले प्रतिनिधिसभाको उपसभामुख पद प्रमुख प्रतिपक्षी दलले पाउनुपर्ने बताएका छन् । शुक्रबार उपसभामुख पदको निर्वाचन प्रक्रियाका लागि जारी प्रतिनिधिसभाको बैठकमा बोल्दै लिङ्देनले उपसभामुख प्रतिपक्षको हक रहेको बताए ।


ADVERTISEMENT


संविधानमा नै सभामुख एउटा दलको भए उपसभामुख अर्को दलको हुने व्यवस्था गरिएको र त्यसको अर्थ सभामुख सत्तापक्षको भए उपसभामुख प्रतिपक्षको हुने बताए । उनले भने, ‘मूल अर्थ के हो भन्दा सभामुख सत्तापक्षको भए उपसभामुख प्रतिपक्षको हुने भनिएको हो । यसलाई कुनै तर्क वा बाहनामा गलत व्याख्या गरियो भने यसले हिजो होस् या आज, संविधान मिच्ने सिलसिला बढेर जान्छ ।’


ADVERTISEMENT

# # #


उपसभामुख नेकपा एमालेले पाउनुपर्ने बताउँदै उनले सत्तापक्षले उदारतापूवर्क प्रतिपक्ष उपसभामुख दिँदा राम्रो हुने उल्लेख गरे । साथै उनले उपसभामुखका राप्रपाले एमालेकी उम्मेदवार विद्या भट्टराईलाई समर्थन गर्ने बताए ।

उनले भने, ‘उपसभामुखका उम्मेदवार दुबै सक्षम, योग्य, क्षमतावान् हुनुहुन्छ । उहाँहरु दुवैलाई विजयको शुभकामना व्यक्त गर्न चाहन्छु । तर, सैद्धान्तिक रुपमा उपसभामुख प्रतिपक्षको हक भएको हुनाले राष्ट्रिय प्रजातन्त्र पार्टीले उपसभामुखमा सत्तापक्षलाई समर्थन गर्न सक्दैन ।’

लामो समयदेखि रिक्त रहेको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । सत्तारुढ पाँच दलीय गठबन्धनका तर्फबाट काँग्रेसकी पुष्पा भुसाल उम्मेदवार छिन् भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फबाट विद्या भट्टराई उपसभामुखको उम्मेदवार बनेकी छन् ।