काठमाडौं – ‘आईएमई लाइफ छोडेर एशियन लाइफको सीईओ बन्दै पवन खड्का’ भन्ने शीर्षकमा केही समाचार पोर्टलहरूले सम्प्रेषण गरेका समाचारहरूप्रति सीईओ पवन कुमार खड्काले आपत्ति जनाएका छन् ।

सीईओ खड्काले उक्त समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पार्दै सम्बन्धित तथ्यको पुष्टि नगरी भ्रामक सूचना सम्प्रेषण नगर्न सम्बन्धित सञ्चारमाध्यमहरूलाई आग्रह गरेका छन् ।


ADVERTISEMENT

# #


उनले समाचार प्रकाशन तथा प्रसारण गर्नुअघि सम्बन्धित व्यक्ति वा पक्षसँग आवश्यक तथ्य पुष्टि गर्नुपर्ने सञ्चारमाध्यमको व्यावसायिक दायित्व रहेको उल्लेख गर्दै अपुष्ट सूचनाका आधारमा समाचार सम्प्रेषण गर्दा सम्बन्धित व्यक्तिको प्रतिष्ठामा असर पर्न सक्नेप्रति सचेत गराएका छन् ।

पत्रकारिताको विश्वसनीयता कायम राख्न तथ्यमा आधारित, सन्तुलित र जिम्मेवार समाचार सम्प्रेषण आवश्यक रहेको उनको भनाइ छ । कुनै पनि व्यक्तिको नियुक्ति, जिम्मेवारी परिवर्तन वा संस्थागत आबद्धताजस्ता विषयमा समाचार प्रकाशन गर्नुअघि आधिकारिक स्रोतबाट पुष्टि गर्नुपर्नेमा उनले जोड दिएका छन् ।


ADVERTISEMENT

#
#


खड्काले सम्बन्धित समाचार पोर्टलहरूलाई समाचार सम्प्रेषणमा थप जिम्मेवार बन्न र भविष्यमा यस्ता विषयमा सम्बन्धित पक्षसँग तथ्य पुष्टि गरेर मात्र समाचार प्रकाशन तथा प्रसारण गर्न अनुरोध गरेका छन् ।

पत्रकारिताको विश्वसनीयता तथ्यको पुष्टि र जिम्मेवार समाचार सम्प्रेषणमा निर्भर रहने भएकाले सञ्चारमाध्यमहरूले सत्यतथ्यलाई प्राथमिकता दिनु टड्कारो आवश्यकता देखिएकाे छ ।