काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले कृषिप्रधान देशमा दुइ खर्वभन्दा बढिको खाद्यान्न आयात हुनु लज्जास्पद र चिन्ताजनक विषय भएको बताएका छन् ।


ADVERTISEMENT


गन्तव्य परिवारद्वारा सोमबार काठमाडौमा आयोजित घर एक उद्यमशील सदस्य अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले कृषिप्रधान देशमा आन्तरिक उत्पादन बढाउनुपर्नेमा दुई खर्व ५० करोडको खाद्यान्न आयात हुनु लज्जास्पद र चिन्ताजनक भएको भन्दै युवाहरुलाई स्वदेशमा नै परिचालन गरि उत्पादन बृद्धिमा ध्यान दिनुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


नेपालका युवाहरु विदेशका हरेक निकायमा रहेको भन्दै उनीहरुलाई स्वदेशमा नै परिचालन गर्दै मुलुकको आर्थिक विकासमा ध्यान केन्द्रित गर्नुपर्ने उनको भनाई छ । सभाभुख सापकोटाले गुन्द्रुक, जनै लगाएत पछिल्लो समय खरानी समेत विदेशबाट ल्याउनुपर्ने अवस्था अन्त्य गरेरै छाड्नुपर्ने धारणा राखे ।

उनले भने, ‘हामी जनै लाउँछौँ, त्यो चीनबाट आउँछ, हामी राखी बाध्छौँ, चीनबाटै पठाइदिन्छन् । पछिल्लो पटक त मैँले सुनेँ, साँच्चिकै त्यो सुनेर म स्तब्ध भएको छु, खरानीसमेत नेपालमा आयात हुन्छ ।’

उनले युवाहरुको आवाजलाई राष्ट्रले धेरै राम्रोसंग बुलन्द गरिरहेको र त्यसको संकेत काठमाडौ र धरानमा देखिन थालेको जिकिर गरे । युवाहरुको भावनालाई बुझ्न नसके मुलुक अझै पछि पर्ने उनले जनाए । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।