उदयपुर– जिल्लाको सदरमुकाम गाइघाटबाट सुनसरीको इटहरी जादै गरेको म्याजिक भ्यानमा अचानक आगलागी हुँदा पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
गाइघाट बाट इटहरी हिंडेको म्याजिक भ्यानमा चौदण्डीगढी नगरपालिका ६ को अधिकारी होटल संगैको उकालोमा अचानक आगलागी भएको स्थानीयले जनाएका छन् ।
आगलागीको खबर पाउने बितिकै चौदण्डीगढी नगरपालिका बाट आएको दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । सानो ब्यापार गर्दै सुनसरी बाट उदयपुर आएका भ्यानका चालक एवम धनी मोतिराम खड्काको म्याजिक जल्दा भ्यानमा रहेको ४० कार्टुन थुप्पा बनाउने चाउमिन समेत जलेर नस्ट भएको छ ।
म्याजिक भ्यानमा रहेका चालक खड्का र भ्यानमा सवार एक व्यक्ति सकुशल रहेका छन् । म्याजिक पूर्ण रुप्मा जलेर काम नलाग्ने भएको छ ।