काठमाडौं – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले नागरिकता फुटपाथमा बेच्न राखेको ललीपप नभएको बताएका छन् । आज बिहान सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै उनले यस्तो बताएका हुन् ।
साथै बास्कोटाले सत्तारुढ गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिने हल्ला फैलाएको आरोप समेत लगाएका छन् ।
राष्ट्रपतिको राजीनामाको होहल्ला परमादेशीले चाहेको कि दिए कति सजिलो हुन्थ्यो भन्ठानेको ? बास्कोटाले आज ट्वीटरमा लेखेका छन्, नागरिकता हाम्रा नागरिकको नैसर्गिक हक हो, फुटपाथमा बेच्न राखेको ललीपप होईन ।विभिन्न मिडियामा कांग्रेसका नेतालाई उद्धृत गर्दै राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलाई लिएर राजीनामा दिने मनस्थिति बनाएको भन्ने समाचार आएपछि बास्कोटाले सामाजिक सञ्जालमार्फत उक्त प्रतिक्रिय दिएका हन् ।
उनले नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रियसभामा सहमति गर्न सकिने समेत बताएका छन् ।