सुनसरी – सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट एक हजारभन्दा बढी नेताकार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।  सुनसरीको दुहवीमा एमालेकी नेतृ भगवती चौधरीको सक्रियतामा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा पार्टी  अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र विभिन्न दलका  एक हजारभन्दा बढी नेताकार्यकर्तालाई नेकपा एमालेमा प्रवेश गराएका हुन्  ।


ADVERTISEMENT


बृहत् पार्टी प्रबेश कार्यक्रममा सुनसरी क्षेत्र नं ३ अन्तरगत बर्जु, गढी, दुहवी, इटहरीका एक हजार बढी व्यक्तिहरु नेपाली कांग्रेसबाट सबैभन्दा धेरै र विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । उनीहरुलाई पार्टी अध्यक्ष केपी ओली, नेतृ चौधरी, जिल्ला इन्चार्ज जगदिश कुसियत लगायतले अबिर तथा दोसल्ला लगाएर स्वागत गरे ।


ADVERTISEMENT

# # #


यसरी एमाले प्रवेश गर्ने चर्चित नेताहरुमा  टेकचन बिश्वास नेपाली कॉंग्रेस जिल्ला सदस्य १,  राम सेवक यादवः नेपाली कॉंग्रेस जिल्ला सदस्य ३, अशोक केसी नेका सोनापुर गॉंउ समिति सभापति (१५ बर्ष),   मिलि राम चौधरी नेका दुहबी नगर समिति सचिव,  सति लाल उरॉंव नेका नगर सदस्य  र  विशव गुरुङ  नेका उद्योग ग बाणिज्य संघ केन्द्रीय सदस्यसमेत रहेका छन् ।

यसैगरी काँग्रेस नेतृ शोभा देवी ऋषिदेब अमडुवाकी पूर्व वडाध्यक्ष लगायतका  नेताहरु पनि एमालेमा प्रवेश गरेका छन् । कार्यक्रममा सुनसरी  क्षेत्र नं ३ का दुहबी, गढी, बर्जु , एंव भुटाहा हरिनगरका धेरै नेता कार्यकर्ताले  एमाले पार्टी प्रवेश गरेका छन् । यसले नेतृ चौधरीको सुनसरी  क्षेत्र नं ३ मा यस पटक जित सुनिश्चित भएको दाबी गरिएको छ ।

पार्टी प्रवेश गरेका टेकचन विश्वास यसअघि राप्रपा बाट बिजय गच्छेदारसंग चुनाव लडेका थिए भने रामसेवक यादव दुई पटक अमडुवा गॉंउ विकास समितिका नेकाबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

कार्यक्रममा ओलीले सुनसरीको क्षेत्र नं ३ बाट -दुई पटक निर्वाचन लडेकी भगवती चौधरीले जितेर पनि हारेको प्रसंग निकाल्दै मंसिर ४ गतेको निर्वाचनलाई निष्पक्ष र धाँधली रहित गराउन राज्य र प्रशासनले स्वतन्त्र रुपमा काम गर्नुपर्ने बताए । उनले राष्ट्रसेवक कर्मचारीहरु कुनै दलको तलब नखाएकाले कसैको दवाव र प्रलोभनमा नपरी काम गर्नुपर्ने जिकीर गरे ।

नवप्रवेशी अशोक केसीले तीस बर्ष लामो जञ्जिर तोड्दै ३६ बर्षको काँग्रेस राजनीति परित्याग गरी एमाले प्रवेश गरेको  बताए । साविकको सोनापुर गाविस नेपाली काँग्रेसको सभापति रहेका केसीले राष्ट्रप्रेमी ऐतिहासिक ब्यक्तित्व केपी शर्मा ओलीबाट एमाले प्रवेश गर्न पाउँदा आफूलाई गर्व लागेको  बताए ।

एमाले जत्तिको विकासप्रेमी र शक्तिशाली पार्टी कुनै पनि नरहेको केसीको तर्क छ । तीसबर्ष सम्म एकै जना व्यक्तिलाई जिताए पनि सुनसरी ३ ले गति लिन नसकेको उनको भनाई छ ।