दार्चुला – अविरल वर्षासँग गए राति दार्चुलामा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदका अनुसार दार्चुलाका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा ५ जनाको मुत्यु भएको हो ।
उनका अनुसार मृत्यु हुनेमा मृत्यु हुनेमा महाकाली नगरपालिका–२ मुल्लाका ७७ वर्षीय नन्दराम बोहरा र महाकाली–३ डुङरीकी ३५ वर्षीया मानमती कार्की तथा नौगाड गाउँपालिका–१ की ३२ वर्षीया जानकी ठगुन्ना र १५ वर्षीया धनुली ठगुन्ना तथा नौगाड–२ का ६८ वर्षीय मोहनराम पार्की रहेका छन् ।

दार्चुलाको महाकाली नदी र लास्कु खोलामा आएको बाढीले मच्चाएको वितण्डा ।
यस्तै बाढीपहिरोमा परी ७ जना अझैँ बेपत्ता भएका भने ८ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।
महाकाली नदी र लास्कु खोलमा गए राति २ बजेपछि बाढी आएको थियो । खोला आसपासका केही घरसमेत बगाएको प्रजिअ साउदले बताए ।
यसैगरी नौगाड गाउँपालिकामा पहिरामा पुरिएर दुईजना बेपत्ता भएका छन् । खोला आसपासका ११ घर बगाएको छ । सात जना घाइते भएका छन् । घटनामा भएको धनजनको क्षतिको यकिन विवरण आउन बाँकी छ ।

दार्चुलाको महाकाली नदी र लास्कु खोलामा आएको बाढीले मच्चाएको वितण्डा । दुहुँ खलङ्गा जोडने दार्चुला तिङ्कर सडक अवरुद्ध छ भने झोलुगे पुल बगाएको छ ।
घटनास्थलमा परिचालित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बेपत्ताको खोजी तथा उद्धार कार्य गरिरहेको छ ।

तस्बिर : रासस