काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल–चीन जोड्ने नाका रसुवागढीस्थित भोटेकोशी नदीको मितेरी पुल निर्माण गरी आवागमन सूचारु गर्न चीनसँग समन्वय गर्ने जनाएको छ ।


ADVERTISEMENT


बुधबार सिंहदरबारमा आयोजित पत्रकार भेटघाटमा प्राधिकरणका कार्यकारी निर्देशक दिनेश प्रसाद भट्टले पुल र चीनतर्फको बाटो पुनः निर्माण गरी केरुङ नाका सुचारु गर्न चीनसँग समन्वय गर्ने निर्णय भएको जनाए ।


ADVERTISEMENT

# # #


उनले बाढीका कारण वेपत्ता स्वदेशी र विदेशी व्यक्तिको सकुशल खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाइएको जानकारी दिए । बाढीका परी ९ जनाको शव फेला परेको र १९ जना बेपत्ता रहेको उनले बताए ।

भट्टले रसुवागढी क्षेत्रमा मात्रै ३८३ सुरक्षाकर्मी परिचालन गरि ५७ जनाको तत्कालै उद्दार गरिएको जिकिर गरे । बाढीले २४ वटा कन्टेनर, ३५ वटा विधुतिय गाडी, ६ वटा ट्रक बगाएको उनले जानकारी दिए ।

उनले भोटेकोशी नदीमा अत्याधिक बर्षा भएर नभइ अन्य कारण नै बाढी आएको देखिएको भन्दै थप अध्ययन भइरहेको बताए ।