काठमाडौं – नेपालको शैक्षिक क्षेत्रमा लामो समयदेखि लगातार काम गरिरहेको  नयाँ बानेश्वरस्थित युनिग्लोब कलेज यस वर्षको उत्कृष्ट बिजनेस स्कुल अवार्ड २०२२ द्वारा सम्मानित भएको छ ।  कलेजलाई संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई शहरमा आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो ।


ADVERTISEMENT


कलेज रिडर्सले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि दुबई बिजनेस काउन्सिलका अध्यक्ष डा आशिक अली, विशिष्ट अतिथि दुबई सरकारका प्रतिनिधि एवं दुबई सुरक्षा प्रमुख मोहम्मद हुसेन र नेपालबाट मधेस विश्वविद्यालयका उपकुलपति प्राडा दीपक शाक्यद्वारा संयुक्त रूपमा उक्त अवार्ड प्रदान गरिएको हो । कार्यक्रममा कलेजका तफबाट प्राचार्य डा नरबहादुर विष्ट र कार्यकारी निर्देशक डा गंगाधर दाहालको सहभागिता रहेको कलेजले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्राचार्य विष्टलाई बेस्ट प्रिन्सिपलको उपाधि

साथै, सोही कायक्रममा युनिग्लोब कलेजका प्राचार्य डा नरबहादुर विष्ट पनि उत्कृष्ट प्राचार्य (Best Principal) अवार्डबाट सम्मानित भएका छन् । युनिग्लोब कलेजले पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिई बीबीए, बीबीए–बीआई, एमबीएरएमबीए (फाइनान्स)का साथै अन्य शैक्षिक कायक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

शैक्षिक गुणस्तरमा अब्बल सावित यस कलेजले पोखरा विश्वविद्यालयबाट उत्कृष्ट नतिजाका लागि नौवटा स्वर्ण पदक प्राप्त गरिसकेको छ । हरेक वर्ष अन्तर्राष्ट्रिय सम्मेलन गर्दै आइरहेको कलेजले हालसम्म १० वटा अन्तर्राष्ट्रिय सम्मेलन गरिसकेको र विदेशमा आयोजित ४० वटा भन्दा बढी अन्तर्राष्ट्रिय सम्मेलन तथा तालिमहरूमा समेत विद्यार्थीहरूलाई सहभागी गराइसकेको छ ।

अनुसन्धानमूलक शिक्षालाई जोड दिँदै आइरहेको  कलेजले हरेक वर्ष चारवटा जर्नलहरू प्रकाशित गर्दै आइरहेको छ । भौतिक सुविधाले सम्पन्न  कलेजले नेपालमा व्यवस्थापन विधामा अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्दै आइरहेको छ ।

उत्कृष्ट प्राचार्य अवार्डबाट सम्मानित डा नरबहादुर विष्टले नेपालको परिप्रेक्ष्यमा युनिग्लोब कलेजले अनुसन्धानमूलक, व्यावहारिक तथा सीपमूलक शिक्षण पद्धतिमार्फत रोजगारमुखी व्यवस्थापक, उद्यमशील र नेतृत्वदायी जनशक्ति उत्पादन गरी अन्तर्राष्ट्रियस्तरको शिक्षा नेपालमा नै प्रदान गरिरहेकोे दाबी गरे । कलेजले २०१८, २०१९ र २०२२ मा पनि एमबीए र बीबीएतर्फ उत्कृष्ट कलेज अवार्डसमेत प्राप्त गरेको थियो ।