काठमाडौँ – नेपाल राष्ट्र बैंकको टक्सार विभागमा सुन र चाँदीका असर्फी खरिद गर्नेको भीड लागेको छ ।


ADVERTISEMENT


तिहारका समयमा विभागले सुन र चाँदीका सिक्काहरु विक्रि वितरण गर्दै आएको छ । यसपटक चैत्र देखि नै सुन र चाँदीका असर्फी बिक्रि वितरण गर्दै आएपनि अहिले तिहारका बेला चाप बढेको टक्सार विभागका निर्देशक विनोदराज आचार्यले जानकारी दिए ।


ADVERTISEMENT

# # #


गत र्वा परीक्षण उत्पादन मात्र गरेको र पुरानो मौज्दात विक्रि वितरण गरे पनि यसपटक व्यावसायिक रुपमा उत्पादन गरिएको असर्फी विक्रि गरिएको उनले बताए । आइतबारसम्म हरेक खरिदकर्तालाई खाली हात नफर्काउने गरी बिक्रिको व्यवस्था गरिएको उनको भनाई छ ।

विभागबाट २.५ ग्राम, ५ ग्राम र १० ग्रामका सुन तथा चाँदीको असर्फी खरिद गर्न सकिने आचार्यले बताए ।