पोखरा – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्स दुई सय मिटर दौडमा सशस्त्र प्रहरी बल (एपीएफ)का शिवराज पार्की र लुम्बिनी प्रदेशकी निशा चौधरीले स्वर्ण पदक जितेका छन् ।


ADVERTISEMENT


पोखरा रङ्गशालामा बिहीबार सम्पन्न दौडमा पुरुषतर्फ शिवराजले निर्धारित दूरी २१.९१ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । एपिएफकै आशिष चौधरीले २२.०५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै रजत पदक हात पारे भने त्रिभुवन आर्मी क्लबका युवराज विकले २२.५० सेकेन्डमा पूरा गर्दै कांस्य पदक जिते ।


ADVERTISEMENT

# # #


महिलातर्फ लुम्बिनीकी निशाले २५.२४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जिते । एपिएफकी रमिताकुमारी थारूले २५.९५ सेकेन्डमा पूरा गर्दै रजत र पुलिसकी लक्ष्मी साउदले २६.५२ सेकेन्डमा पूरा गर्दै कांस्य पदक जिते ।

त्यस्तै एथलेटिक्सअन्तर्गत पाँच हजार मिटर दौडमा एपिएफका गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन् । दौडमा निर्धारित दूरी १४ मिनेट २९.६७ सेकेन्डमा पूरा गर्दै उनले स्वर्ण पदक हात पारेका हुन् । यसअघि १० हजार मिटर दौडमा गोपीचन्द्रले रजत पदक जितेका थिए । कर्णालीका दुर्गाबहादुर बुढाले १४ मिनेट २९दशमलव९३ सेकेन्डमा निर्धारित दुूरी पूरा गर्दै रजत पदक जिते भने त्रिभुवन आर्मीका मुकेश पालले निर्धारित दूरी १४ मिनेट ३६.६० सेकेन्डमा पूरा गर्दै कांस्य पदक जिते ।

त्यस्तै एथलेटिक्सको ४ गुणा ४०० रिलेमा त्रिभुवन आर्मी क्लबले महिला र पुरुष दुवैमा स्वर्ण पदक जितेको छ । पोखरा रंगशालामा बिहीबार भएको पुरुषतर्फ सोमबहादुर कुमाल, रामप्रसाद थारु, जीवन चौधरी र प्रकाश दनुवारसम्मलित आर्मीले ३ मिनेट १८.३६ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जितेको हो । निरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की र सन्दीप नेपाली सम्मलित एपीएफले ३ मिनेट २५.८२ सेकेन्डको समय निकाल्दै रजत जितेका छन् ।

अमृत बोट, सहन चन्द्र शाह, टेकबहादुर कार्की र अरुण महतो थारु सम्मलित पुलिसले ३ मिनेट २९.३५ सेकेन्डको समय निकाल्दै कास्य पदक जितेको छ । महिलामा स्वर्ण जितेपनि एपीएफ अयोग्य हुँदा आर्मीले स्वर्ण पदक पाएको छ । एपीएफका खेलाडीले ५०० मिटर भन्दा अगाडी नै लेन परिवर्तन गरेपछि एपीएफ अयोग्य भएको हो ।

सरस्वती भट्टराई, जयरानी थारु, निर्मला थापा र कसेली चौधरी सम्मलित आर्मीले ४ मिनेट ०२.७८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेको हो । निशा थारु, सम्झना थारु, अरुणा रिजाल र रामकुमारी थारु सम्मलित लुम्बिनीले ४ मिनेट १४.८० सेकेन्डको समय निकाल्दै रजत जितेको छ । अन्जु खड्का, राजीना दुलाल, स्वगता खाइजु, सन्तोषी श्रेष्ठ सम्मलित बागमतीले ४ मिनेट २२.७९ सेकेन्डको समय निकाल्दै कास्य जितेको छ ।

प्रतियोगीतामा विभागीय टोलि त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बन्न सफल भयो ।