पोखरा – प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आइपुगेका छन् । पोखरा रङ्गशालामा जारी नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी बन्न उनी पोखरा आउएका हुन् ।
यसअघि प्रधानमन्त्री देउवाले पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गरेका छन् । पोखरामा जारी नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको गत असोज २८ गते एक समारोहकाबीच उपराष्ट्रपति नन्दबहादुर पुनले समुद्घाटन गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार पोखरा–१७, रातोपैह्रास्थित अन्तरराष्ट्रिय पर्वतीय सङग्रहालय अवलोकन गर्दै । तस्बिर : रासस