काठमाडौँ– बिमा कम्पनीको वित्तीय विवरण सार्वनजिक गर्ने अवधि भोलि अन्तिम रहेको छ । बीमा ऐनले तोकिएबमोजिम बीमा कम्पनीले वित्तिय विवरण सार्वजनिक गर्नुपर्ने बुधवार अन्तिम दिन हो । यससंगै तोकिएको समयावधिमा विवरण पेश नगर्ने कम्पनीलाई कारवाही स्वरुप जरिवाना हुनेछ ।
बीमा ऐन २०७९ को दफा ८४ मा बीमा कम्पनीहरुले त्रैमासिक वित्तीय विवरण प्रत्येक त्रैमासिक अवधि समाप्त भएको तीस दिनभित्र नेपाल बीमा प्राधिकरणमा पेश गर्नु पर्ने व्यवस्था छ । अन्यथा समयमै पेश नगरेका कम्पनीले पहिलो साता प्रतिदिन २५ हजार, दोस्रो साता ५० हजार र सो अवधि पनि नाघेमा दैनिक १ लाखसम्म जरिवाना तिर्नुपर्नेछ ।