काठमाडौँ – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज दैलेख आउने भएको छ ।


ADVERTISEMENT


कर्णाली प्रदेशका दुई जिल्लामा आयोजित चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आउन लागेको नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिइन् ।


ADVERTISEMENT

# # #


कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको केसीले बताए।

उनीहरु आजै नवलपरासीको कार्यक्रममा सहभागी भइ आजै सुर्खेतको गुर्भाकोटको खैरेनी भेरी किनारमा हुने चुनावीसभालाई सम्बोधन गर्न आउनेछन् । रासस