काठमाडौँ – नेपाली काँग्रेसकी केन्द्रीय सदस्य विद्या तिमिल्सिनाले मतदान गरेकी छन् । तिमिल्सिनाले आइतबार बाजुराको हिमाली गाउँपालिका–७ स्थित जनता आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान गरेकी हुन् ।


ADVERTISEMENT


विद्यार्थीकालदेखि नै नेपाली काँग्रेसको राजनीतिमा सक्रिय तिमिल्सिना १४औँ महाधिवेशनमा महिलातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।


ADVERTISEMENT

# # #


बाजुरामा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ नेपाली काँग्रेसबाट सत्ता गबठन्धनका साझा उम्मेदवारका रुपमा बद्रीप्रसाद पाण्डे चुनावी मैदानमा छन् । उनका विरुद्ध नेकपा एमालेले कर्णबहादुर थापालाई उम्मेदवार बनाएको छ ।

यस्तै प्रदेशसभा ‘क’मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका कर्णबहादुर विश्‍वकर्मा रहे पनि नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही पनि उठेका छन् । एमालेका बलदेव रेग्मीले उनीहरुलाई चुनौती दिइरहेका छन् । रेग्मी यसअघि पनि प्रदेशसभा ‘क’बाटै निर्वाचित भएका थिए ।

बाजुराको प्रदेशसभा ‘ख’मा भने सत्ता गठबन्धनबाट काँग्रेसका पदमबहादुर शाही एमालेका लालबहादुर थापासँग भिडिरहेका छन् ।