काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले गोरखा क्षेत्र नं २ अन्तर्गत पालुङटार नगरपालिकाको खोप्लाङस्थित अन्नपूर्ण माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।


ADVERTISEMENT


डा भट्टराईले आज बिहान करिब ११ः३० बजे प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गरेका हुन् ।


ADVERTISEMENT

# # #


त्यस्तै पूर्व उपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का vले पनि गोरखाको सिरानचोक गाउँपालिकास्थित परोपकार आदर्श माध्यामिक विद्यालयको मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । श्रेष्ठले बिहान ७ः४९ बजे मतदान गरेको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठ मतदानका लागि शनिबार नै गोरखा आइपुगेका थिए ।

त्यस्तै पूर्व स्थानीय विकासमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिव हितराज पाण्डेले पनि गृहजिल्ला गोरखाको पालुङटार नगरपालिका पौवाटारस्थित बीरभद्र प्राथामिक विद्यालयको (ख) मतदान केन्द्रबाट मतदान गरे ।

गोरखा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सांसद हरिराज अधिकारीले गण्डकी गाउँपालिकाको दर्बुङको भगवती माध्यामिकस्थित मतदान केन्द्रबाट मतदान गरेका छन् ।