काठमाडौं – नेपाली सेनाले विपद् व्यवस्थापनका लागि बृहतर एकीकृत योजनाका साथ अघि बढ्नुपर्ने जनाएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभा अन्तर्गतको भोटेकोशी एवम् कालीगण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा सेनाका सहायक रथी सुवासजंग थापाले भोटेकोशीबाढीपछिको अवस्थाका बारे जानकारी गराउदै विपद् व्यवस्थापनमा सरकारको बृहतर एकीकृत योजनाका साथ अघि बढ्नुपर्ने बताए ।


ADVERTISEMENT

#


उनले बिपद्पछि पुनसंस्थापना र पुननिर्माणको कार्यको मूख्य नेतृत्व सम्बन्धीत जिल्लाले नै लिनुपर्ने सुझाव दिए । भोटेकोशी बाढीपछि धेरै सडकहरु क्षतिग्रस्त भएपनि प्राथमिकतामा रहेका सडक निर्माणमा ध्यान दिनुपर्ने उनले बताए । उनले विद्को उच्च जोखिममा रहेका ग्लेसियरहरूको सम्भावित क्षतिलाई ध्यानमा राखेर परिमार्जित ’वे अहेड’ तय गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै सहायक रथी थापाले भोटेकोशी बाढीको खबर प्राप्त हुनेबित्तिकै जंगी अड्डाबाट स्थानीय युनिटहरूलाई अलर्ट गराइएको र तत्काल हवाई साधनमार्फत फौज परिचालन गरेर उद्दारको काम सुरु गरिएको बताए ।


ADVERTISEMENT

#
#


साथै उहाले तत्काल खोज तथा उद्धार, खोज तथा पुनरुत्थान र पुनस्र्थापना र पुनर्निर्माण कार्यमा नेपाली सेना निरन्तर लागिपरेको जानकारी दिए ।