काठमाडौँ– लोकगायक भीम पौडेलको निधन भएको छ। उनको स्याङ्जास्थित आफ्नै निवासमा बिहीबार बेलुका १२ बजे निधन भएको हो।
पौडेल विगत २ महिनाअघि देखि बिरामी थिए । उनलाई निमोनिया भएको थियो।
पौडेलको पार्थिव शरीरलाई शुक्रबार पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिने बताइएको छ ।