काठमाडौँ– विरोधका बीच अन्ततः राजधानीको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा स्ववियु निवार्चको भइरहेको छ । भित्र मतदान भएपनि बाहिर भने अखिल (क्रान्तिकारी) लगायत संयुक्त विद्यार्थी संगठनका कार्यकर्ताहरुले विरोध तथा ढुङ्गामुडा प्रहार गरिरहेका छन् ।


ADVERTISEMENT


विहान ८ बजेबाट हुने भनिएको मतदान झण्डै एक घन्टा ढिलो गरी सुरु भएको छ ।संयुक्त विद्यार्थी संगठनका रुपमा केही विद्यार्थी संगठनले चुनाव रोक्नमाग गर्दै प्रदर्शन गरेका छन् । शुरुमा गत फागुन १८ मा देशका अधिकांश क्याम्पसमा चुनाव हुँदा आरआरमा रोकिएको थियो । अर्को मिति फागुन २३ का लागि तय भएको थियो । मत हाल्दै अनेरास्ववियुका अध्यक्षका प्रत्यासी तपेन्द्र बहादुर शाही 


ADVERTISEMENT

# # #


तर, आरआरको स्ववियु चुनाव निर्वाचन आयोगको निर्देशनपछि रोकिएको थियो । पछि सर्वोच्च अदालतले चुनाव रोक्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि आज चुनाव शुरु भएको हो ।

भोट हाल्न लाइन लाागेका विद्यार्थीहरु

आरआरमा करिव ३ हजार भन्दा बढी मतदाता छन् । उच्च सुरक्षा घेराभित्र मतदान भैरहेको छ । अखिल क्रान्तिकारीका कार्यकर्ताले सञ्चारकर्मीलाइ लक्षित गरी पेट्रोल बम प्रहार गरेका थिए । तर कसैलाई यसले क्षति भने पुर्याएन ।

निर्वाचनमा अनेरास्ववियु र नेविसंघबीच प्रतिस्पर्धा हनेछ । अनेरास्ववियुबाट तपेन्द्र बहादुर शाही र नेविसंघबाट उत्तम साउँद अध्यक्षका प्रत्यासी छन् ।