काठमाडौँ– भारतीय कंग्रेस आईका नेता राहुल गान्धीविरुद्व २ वर्ष जेल सजाय फैसला भएको छ । सुरत अदालतले ४ वर्ष पुरानो आपराधिक मानहानीको मुद्दामा गान्धीविरुद्व २ वर्षको जेल सजाय सुनाएको हो ।


ADVERTISEMENT


संगै अदालतले उनलाई १० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश पनि जारी गरेको छ भने उनलाई यो सजायविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्न एक महिनाको समय पनि दिएको छ ।


ADVERTISEMENT

# # #


सन् २०१९ को लोकसभा चुनावका क्रममा कर्नाटकको एउटा कार्यक्रममा गान्धीले मोदी थरप्रति ‘चोर’ भनेर टिप्पणी गरेका थिए । त्यसै विषयलाई लिएर उनीविरुद्व अदालतमा मुद्दा परेको थियो ।

उनले त्यतिबेला भनेका थिए, ‘सबै चोरहरु, चाहे ऊ निरभ मोदी होस्, ललित मोदी हो वा नरेन्द्र मोदी हो, सबैको थर किन मोदी भयो ?’