• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




जे पाएको छु, लडेर पाएको छु : महामन्त्री थापा

Mar 25, 2023 |

जे पाएको छु, लडेर पाएको छु : महामन्त्री थापा

865
SHARES
ShareTweet

भैरहवा– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री पद खानेभन्दा पनि कांग्रेस मजबुद बनाउन लागिपरेको बताएका छन् । कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३ रुपन्देहीले आज भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले मन्त्री बन्न लागेको कुरा हल्ला मात्र भएको बताएका हुन् ।


ADVERTISEMENT


‘मन्त्री बन्न लागेको कुरामा सत्यता छैन, मेरो प्राथमिकता अहिले कांग्रेसलाई कसरी अझ मजबुत बनाउन सकिन्छ भन्ने मात्र रहेको छ’, उनले भने । महामन्त्री थापाले आफूलाई अहिलेसम्म कसैले बोलाएर केही पद नदिएको तर लडेरै लिएको प्रतिक्रिया दिएका हुन् । उनले भने– ‘केही साथीहरु भ्रममा पर्नुभयो जस्तो छ, मलाई कसैले बोलाएर केही भनेको छैन । जे पाएको छु, लडेर पाएको छु । साथीहरुको माया र शुभेच्छाले अगाडी बढेको छु ।’


ADVERTISEMENT

# # #


महामन्त्री थापाले जनताको असन्तुष्टी र छटपटीलाई सम्बोधन हुने गरी सरकार अघि बढ्नुपर्ने जिकिर गरेका छन् । ‘सरकारले जनतालाई राहत महसुस गराउनुपर्छ’, थापाले भेन । आजभन्दा भोलीको अवस्था राम्रो हुँदै जान्छ भन्ने विश्वास दिलाउने गरी काम गर्न उनले सुझाव दिए ।

कांग्रेस केन्द्रीय समितिको बैठक समयमा बस्न नसकेको महामन्त्री थापाको गुनासो थियो । आठ लाख पार्टी सदस्य भएको र तीन सय स्थानीय तहको नेतृत्व गरिरहेको कांग्रेसलाई जरैबाट मजबुत बनाउनुपर्ने उनले बताए । विसं २०८४ को निर्वाचनमा कांग्रेस देशका १६५ वटै निर्वाचन क्षेत्रमा एक्लै लड्ने र त्यसका लागि तयारी गरिरहेको महामन्त्री थापाले बताएका हुन् ।


#
#

#









#




#


#


Share:

Rate:

Previousआफ्नो ठाउँ आफैं सफा गराैं : बागमती प्रदेश सभा सदस्य श्रेष्ठ
Nextछिमेक लघुवित्त वित्तीय संस्थाको २१ औं साधारण सभा सम्पन्न

ताजा खबर

  • ‘सिनेपा’ को निर्माण आरम्भः चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति : प्रधानमन्त्री
  • सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना सहभागी हुने
  • दोहोरो अङ्कले घट्यो नेप्से, ९ अर्ब ६३ करोडको कारोबार
  • प्रतिनिधिसभामा प्रि-बजेट छलफल : बजेटलाई प्रतिफल दिने पूर्वाधारमा केन्द्रित गर्न जोड
  • संविधान र व्यवस्था विरोधी हुनै पनि गतिविधि सह्य हुँदैन : गृहमन्त्री लेखक

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved