हेटौंडा– छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २१ औं वार्षिक साधारण सभा शुक्रबार हेटौंडामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामचन्द्र जोशीको सभाध्यक्षतामा सभामा सम्पन्न भएको हाे । सभाध्यक्ष जोशीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस संस्थाले ६९ जिल्लामा १९५ वटा शाखा विस्तार गरिसकेको प्रतिवेदनमा उल्लेख रहेकाे छ ।


ADVERTISEMENT


संस्थाले लघुवित्त कार्यक्रम अन्तरगत देशभरमा ४ लाख २७ हजार १ सय ७३ जना महिलाहरुलाई सेवा प्रदान गर्दै आइरहेको सह महाप्रवन्धक एंव संस्थाका सचिव दिलिप कुमार श्रेष्ठले बताए । २०५८ सालमा स्थापना भएको यस संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा ९४ करोड ७२ लाख २२ हजार ७३ रुपैयाँ खुद नाफा गरेको प्रतिवेदनमा उल्लेख रहेको छ । संस्थाको अधिकृत पुँजी २ अर्ब ५० करोड रहेको छ भने आगामी वर्ष ३ अर्ब ६५ करोड पु¥याइने लक्ष्य लिइएको सचिव श्रेष्ठले बताए ।


ADVERTISEMENT

# # #


सभाबाट शेयरधनीलाई आव २०७८\०७९को मुनाफाबाट ३.२६ प्रतिशत नगद लाभांश र २२ प्रतिशत बोनस शेयर गरि २५.२६ प्रतिशत लाभांस प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले ग्रामिण क्षेत्रमा पिछडिएका तथा विपन्न वर्गका महिलाको आर्थिक एंव सामाजिक विकासमा निरन्तर लागि रहने बताएका छन् । उनले सभामा संस्थाको विगत देखि वर्तमान अवस्था र भावी योजनाको बारे जानकारी गराएका थिए ।

सभाकै अवसरमा १६ वर्ष भन्दा बढी संस्थामा कार्यरत कर्मचारीहरुलाई कदर पत्रले सम्मान समेत गरिएको थियो ।