• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




बनेपामा कौसी खेती प्रवद्र्धन कार्यक्रम सुरु

Mar 27, 2023 |

बनेपामा कौसी खेती प्रवद्र्धन कार्यक्रम सुरु

605
SHARES
ShareTweet

बनेपा– बनेपा नगरपालिकाले कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा ल्याएको छ । नगरले कौसी खेतीका कारण जैविक फोहोर व्यवस्थापमा सहयोग पर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालमा ल्याइएको हो ।


ADVERTISEMENT


कार्यक्रमअन्तर्गत नगरले आवश्यकताअनुसार कौसी खेती तालिम सञ्चालन गर्ने जनाएको छ । नगरको कृषि र फोहर व्यवस्थापन योजनाबाट हाल पाँच वटा वडाका स्थानीयलाई तालिम दिँदै अनुदानमा कम्पोष्ट मल बनाउने विनसमेत वितरण गरेको छ । नगरले ५, ७, ८ ९, १० नं वडामा ५० प्रतिशत अनुदानमा कम्पोस्ट विन वितरण गरेको हो ।


ADVERTISEMENT

# # #


नगर प्रमुख शान्तिरत्न शाक्यले बनेपा नगरको सहरी क्षेत्रमा फोहर व्यवस्थापनको चुनौती रहेको र त्यसको समाधानका लागि फोहर वर्गीकरण गरेर कुहिने फोहरलाई मल बनाएर आफ्नै घरमा कौसीखेती गर्न यो कार्यक्रम सञ्चालन गरेको बताए । ‘यो कार्यक्रमले जैविक फोहर व्यवस्थापनमा सहयोग पुर्‍याउनुको साथै नगरको सौन्दर्यीकरणमा मद्दत पुग्ने अपेक्षा गरेका छौँ’, उनले भने । उनका अनुसार यस कार्यक्रमलाई थप गर्दै थप ‘एक घर एक कम्पोष्ट विन’ वितरण गर्दै जाने लक्ष्य राखिएको छ ।

नगर उपप्रमुख विमला सापकोटाले यस कार्यक्रमले फोहर व्यवस्थापन र कृषिलाई समेटेको बताए । उनले भने, ‘घरबाट निस्कने जैविक फोहर घरमै व्यवस्थापन गर्दै तरकारी उत्पादनका लागि नगरले कौसीखेती कार्यक्रम सञ्चालन गरेको हो’, वडा नं ५ का वडाध्यक्ष बलराम अधिकारीले सिकेको सीप र कम्पोष्ट विनको सदुपयोग गर्न आग्रह गर्दै घरमै तरकारी उब्जाउन र फोहर व्यवस्थापनमा सघाउन अनुरोध गरेका छन् । नगरले कौसी खेती प्रवद्र्धनका लागि वडा नं ७ मा एक सय ५०, ८ मा एक सय ७५, ९ मा ७५, १० मा २५ १३ मा २५ र वडा नं ५ मा ५० वटा कम्पोष्ट विन वितरण गरेको छ ।


#
#

#









#




#


#


Share:

Rate:

Previousविश्वमा जल संकट निम्तिने चेतावनी : २.५ प्रतिशत पानीमात्र स्वच्छ र पिउन योग्य
Nextबिर्तामोडमा कित्ताकाट खुला : एउटा जग्गामा तीन पटकसम्म कित्ताकाट गर्न पाउने व्यवस्था

ताजा खबर

  • प्रदेश अस्पताल दमौलीमा विशेषज्ञ चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित
  • सगरमाथा संवादको तयारी अन्तिम चरणमा
  • ‘हाम्रो भूमिका कानुन बनाउने भए पनि पुल बनाऔँ, बाटो बनाऔँ भन्नु परेको छ’ : बर्तौला
  • सानिमा रिलायन्सद्वारा बाजुराका विद्यार्थीहरूलाई शैक्षिक सामग्री राख्ने झोला वितरण
  • राष्ट्रको नाममा मोदीको सम्बोधन : ‘अपरेशन सिन्दूर’ मा आतङ्कवादविरुद्ध निर्णायक सफलता

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved