काठमाडाैँ– पृथ्वीको करिब ७१ प्रतिशत क्षेत्र पानीले ढाकेको छ । तर, संयुक्त राष्ट्रसंघले हालै आफ्नो एक प्रतिवेदनमा पानीको बढ्दो माग र जलवायु परिवर्तनको असरका कारण विश्वमा जल संकट निम्तिने चेतावनी दिएको छ । पृथ्वीका मानव अस्तित्वका लागि पानी अपरिहार्य छ ।


ADVERTISEMENT


पृथ्वीको दुईतिहाइ भाग पानीले ढाके पनि सबै पानी पिउन योग्य छैन । समुद्र र महासागरको पानीले पृथ्वीको ९७.५ प्रतिशत भाग ओगटेको छ । २.५ प्रतिशत पानीमात्र ताजा, स्वच्छ र पिउन योग्य छ । यसमध्येको ठूलो हिस्सा अर्थात् १.७२ प्रतिशत पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवमा हिउँको रूपमा रहेको छ । ०.७४ प्रतिशत भूमिगत स्रोतका रूपमा जमिनमुनि रहेको छ । जमिनको सतहमा रहेको ०.०४ प्रतिशत पानीमात्र मानवका लागि पिउन योग्य छ ।


ADVERTISEMENT

# # #


अहिले पनि ७७१ मिलियन मानिसहरू शुद्ध खानेपानीको अभावमा बाँचिरहेका छन् । यसको अर्थ पृथ्वीमा रहेका हरेक १० जनामध्ये १ जना शुद्ध पिउने पानीको पहुँचभन्दा बाहिर छन् ।

विश्वमा पानीको संकट यति गहिरो छ कि संसारभर पानीका लागि बिताएको समयलाई एक दिनका रूपमा हिसाब गर्ने हो भने हरेक दिन विश्वका मानिसको २०० मिलियन घन्टा पानी बोक्दैमा बित्ने गर्छ ।  एक रिपोर्टअनुसार अफ्रिकाका ग्रामीण क्षेत्रका महिलाहरूले २० लिटर पानी लिन हरेक दिन ६ किलोमिटर हिँड्ने गर्छन् ।

एक रिपोर्टअनुसार अफ्रिकाका ग्रामीण क्षेत्रका महिलाहरूले २० लिटर पानी लिन हरेक दिन ६ किलोमिटर हिँड्ने गर्छन् ।

दूषित पानी, सरसफाइको कमी, स्वच्छताको अभावका कारण हुने झाडापखालाजस्ता रोडबाट हरेक दिन ८ सयभन्दा बढी ५ वर्षमुनिका बालबालिकाले जीवन गुमाइरहेका छन् भने विश्वमा १ अर्ब ६९ करोड मानिस पर्याप्त सरसफाइको पहुँचमा पुग्न सकेका छैनन् ।

विश्वमा अझै पनि ४ करोड ४० लाख मानिसहरू खुला स्थानमा दिसा पिसाब गर्ने गर्छन् । संयुक्त राष्ट्रसंघको दिगो विकास गोल–६ ले सन् २०३० सम्म विश्वभर स्वच्छ पानी र सरसफाईको पहुँच पुर्‍याउने लक्ष्य राखेको छ । तर, अर्कोतिर राष्ट्रसंघकै प्रतिवेदनले विश्वव्यापी रूपमा पानीको हाहाकार मच्चिने देखाएको छ ।

राष्ट्रसंघको विश्व जल विकास प्रतिवेदनमा ४० वर्षयता पानीको माग वर्षैपिच्छे एक प्रतिशतले बढ्दै गएको उल्लेख छ । सन् २०१६ मा पानी अभावको सामना गरिरहेका शहरी जनसंख्या ९६ करोड थियो ।

सन् २०५० सम्ममा अब पानीको अभाव सामना गरिरहेका शहरको जनसंख्या २ अर्ब ४ करोड पुग्ने अनुमान गरिएको छ । यसको अर्थ पानीको माग दोब्बरभन्दा बढीले बढ्नेछ । सन् २०५० सम्ममा विश्वभरका शहरी क्षेत्रमा पानीको माग ८० प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । पानी अभाव सम्बोधनका लागि तत्कालै पहल सुरु नगरे विश्वव्यापी जल संकट सिर्जना हुने प्रतिवेदनका प्रमुख अनुसन्धानकर्ता रिचार्ड कोनर बताउँछन् ।

विश्वव्यापी जनसंख्याको लगभग १० प्रतिशत मानिस त्यस्तो देशमा बस्छन्, जहाँ पहिल्यैदेखि पानीको अभाव छ । शहरीकरण र औद्योगिकीकरणको वृद्धि तथा कृषि कार्यले विद्यमान पानी अभावलाई जटिल बनाइरहेको छ ।

सन् २०५० सम्ममा विश्वभरका शहरी क्षेत्रमा पानीको माग ८० प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । पानी अभाव सम्बोधनका लागि तत्कालै पहल सुरु नगरे विश्वव्यापी जल संकट सिर्जना हुने प्रतिवेदनमा उल्लेख छ ।

मध्य अफ्रिका, पूर्वी एसिया र दक्षिण अमेरिकाका केही भागसहित हाल पानीको प्रचुर मात्रा रहेका क्षेत्रमा पनि मौसमी पानीको अभाव बढ्ने प्रतिवेदनमा औल्याइएको छ । यसले विश्वव्यापी रूपमा पानी, सरसफाइ र स्वच्छता पुर्‍याउने राष्ट्रसंघकै लक्ष्यलाई पनि चुनौती दिएको छ ।