काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज काठमान्डु गोर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ ।
खेलमा काठमान्डुले टस जितेर कर्णालीलाई पहिले ब्याटिङको निम्तो दिएको छ । काठमान्डुले आजको खेलमा अस्ट्रेलियन स्टार डेभिड वार्नरलाई पहिलो रोजाइमा समेटेको छ ।
पहिलो जितको खोजीमा रहेको काठमान्डुले टोलीमा तीन खेलाडी परिवर्तन गर्दा कर्णालीले पनि एक खेलाडी परिवर्तन गरेको छ । लगातार दुई खेल जितेको कर्णाली आजको खेलमा जित निकाल्दै आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ ।
























