काठमाडौं – नेपाल आयल निगमले देशभर सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूको संख्या घटाउँदै उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार विभिन्न नाम र ब्रान्डमा सञ्चालित ग्यास उद्योगहरूलाई मर्जरमा लैजान निगमले प्रक्रिया थालेको हो । हाल नेपालमा ५८ वटा ग्यास उद्योग सञ्चालनमा छन् ।


ADVERTISEMENT

#


यसैक्रममा निगमले कात्तिक १२ गते सबै ग्यास उद्योगलाई पत्राचार गर्दै मर्जरलाई प्रोत्साहन गर्न र आवश्यक कार्ययोजना बनाएर प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।

ग्यासको बिक्री वितरण प्रणालीलाई व्यवस्थित, सहज र उपभोक्तामैत्री बनाउने उद्देश्यले मर्जर नीति अघि बढाइएको निगमले जनाएको छ ।


ADVERTISEMENT

#
#