काठमाडौं – प्रहरीले कोशी प्रदेशका विभिन्न जिल्लाबाट ठूलो परिमाणमा लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । मोरङ, सुनसरी र झापामा सञ्चालन गरिएको छुट्टाछुट्टै कारबाहीमा ब्राउन सुगर र गाँजासहित उनीहरू पक्राउ परेका हुन् ।

मोरङको जहदा गाउँपालिका–१ भुटाहा चोकबाट प्रहरीले १०० ग्राम ८०० मिलिग्राम ब्राउन सुगरसहित १९ वर्षीय प्रवेशकुमार राजवंशीलाई पक्राउ गरेको छ । उनको साथ र घरबाट उक्त लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

#


त्यस्तै, सुनसरीको इनरुवा, मोरङको सुन्दरहरैँचा र झापाको शिवसताक्षीबाट थप चार जना ब्राउन सुगरसहित पक्राउ परेका छन् । उनीहरूको साथबाट कुल १८ ग्राम २२५ मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।

यसैबीच, सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले दुई राउन्ड हवाई फायर गरी गाँजा कारोबारमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT

#
#


गाँजा लोड गर्दै गरेको अवस्थामा प्रहरीलाई देखेर भाग्न खोजेपछि प्रहरीले हवाई फायर गरेको थियो । पक्राउ परेकाहरूको साथबाट दुई वटा स्कार्पियो गाडीमा लोड गरिएको २०९ किलो ४२ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।