काठमाडौं – भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले झापाका प्रमुख जिल्ला अधिकारी, नापी तथा मालपोत कार्यालयका प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गरेकी छिन् ।

छलफलका क्रममा जिल्लामा देखिएका भूमिसम्बन्धी समस्या, भूमि प्रशासनअन्तर्गतका सेवा प्रवाहमा देखिएका कठिनाइ तथा तिनको समाधानका उपायबारे कुराकानी भएको छ ।


ADVERTISEMENT

#


मन्त्री रावलले सम्बन्धित निकायका अधिकारीसँग सेवा प्रवाहलाई प्रभावकारी, सहज र नागरिकमैत्री बनाउने विषयमा छलफल गरिएको हो ।