काठमाडौं – जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिने भएका छन् । स्वार्थको द्वन्द्वसँग जोडेर प्रश्न उठेपछि उनले राजदूत नियुक्तिको प्रक्रिया अघि नबढाउने निर्णय गरेका हुन् ।

संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार थापाले नाम फिर्ता लिनेबारे समितिलाई जानकारी गराइसकेका छन् । उनले केहीबेरमै औपचारिक निवेदन पठाउने जानकारीसमेत गराएका छन् ।


ADVERTISEMENT

#


थापाको नाम फिर्ता लिने निर्णयलाई जापानको स्थायी बसोबास अनुमति (पीआर) सम्बन्धी विवादसँग जोडेर हेरिएको छ । संसदीय सुनुवाइका क्रममा सांसदहरूले उनको जापानको पीआर रहेको विषय उठाउँदै संविधानको धारा २९१ र पीआर त्यागेको अवधिबारे प्रश्न गरेका थिए ।

असोज २८ गते भएको संसदीय सुनुवाइमा प्रस्तावित १३ राजदूतमध्ये १० जनाको नाम मात्र अनुमोदन भएको थियो । साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम अस्वीकृत भएको थियो भने थापाको सुनुवाइ थप अध्ययनका लागि स्थगित गरिएको थियो ।


ADVERTISEMENT

#
#


सुनुवाइका क्रममा थापाले आफूले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए । तर, यस विषयमा स्वार्थको द्वन्द्व र संवैधानिक व्यवस्थासम्बन्धी प्रश्न उठेपछि उनले स्वयं नाम फिर्ता लिने निर्णय गरेका हुन् ।